दफा २८
खारेजी र संशोधन
(१) श्रम ऐन, २०४८ को,–
(क) दफा २ को खण्ड (ज) झिकिएकोछ ।
(ख) दफा २ को खण्ड (झ) मा रहेको “चौध वर्षको” भन्ने शब्दहरुको सट्टा “सोह्र वर्षको” भन्ने शब्दहरु राखिएका छन्।
(ग) दफा ५ को उपदफा (१) झिकिएकोछ ।
(घ) दफा ३२ पछि देहायका दफा ३२क. र ३२ख. थपिएका छन्ः–
३२क) पर्याप्त निर्देशन वा व्यावसायिक तालीम नदिई नाबालिगलाई काममा लगाउन नहुनेः (१) सम्बन्धित कार्यक्षेत्रका विषयमा पर्याप्त निर्देशन वा व्यावसायिक तालीम नदिई नाबालिगलाई काममा लगाउन हुँदैन ।
(२) नाबालिगलाई काममा लगाउँदा उपदफा (१) बमोजिम सम्बन्धित कार्यक्षेत्रका विषयमा दिनु पर्ने पर्याप्त निर्देशन वा व्यावसायिक तालीम सम्बन्धी व्यवस्थाहरु तोकिए बमोजिम हुनेछन्।
(३) उपदफा (१) विपरीत नाबालिगलाई काममा लगाउने व्यवस्थापकलाई तीन महीनासम्म कैद वा दश हजार रुपैयाँसम्म
जरिबाना वा दुबै सजाय हुनेछ ।
३२ख) उमेर सम्बन्धी विवादः (१) प्रतिष्ठानमा काम गर्ने कुनै नाबालिगको उमेर सम्बन्धी विवाद परेमा त्यस्तो नाबालिगको जन्म दर्ता
प्रमाणपत्रमा उल्लिखित जन्म मिति अनुसारको उमेर नै निजको वास्तविक उमेर मानिनेछ ।
(२) कुनै नाबालिगको जन्म दर्ता प्रमाणपत्र नभएमा श्रम विभागले तोकेको चिकित्सकद्वारा त्यस्तो नाबालिगको स्वास्थ्य
परीक्षण गराई निश्चित गरिएको उमेर नै निजको वास्तविक उमेर मानिनेछ ।”
(२) बालबालिका सम्बन्धी ऐन, २०४८ को,–
(क) दफा १७ र १८ खारेज गरिएका छन्।
(ख) परिच्छेद–५ खारेज गरिएकोछ ।
(ग) दफा ५३ को उपदफा (१) र (६) मा रहेका “१७ वा १८” भन्ने शब्दहरु झिकिएका छन्।
(घ) दफा ५३ को उपदफा (१०) झिकिएको छ ।